११ पुस २०८१, बिहीबार

इंग्लिश प्रिमियर लिगमा म्यानचेस्टर सिटीले फराकिलो जित


फुटबल

एजेन्सी, १० वैशाख । इंग्लिश प्रिमियर लिग फुटबलमा च्याम्पियन म्यानचेस्टर सिटीले फराकिलो जित हात पारेको छ । आइतबार राति भएको खेलमा सिटीले स्वान्सी सिटीलाई ५ – ० ले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन डेभिड सिल्भा, रहिम स्ट्रलिङ,केभिन डी बु्रने, बर्नान्डो सिल्भा र गाब्रियल जिससले समान एक एक गोल गरे । यसअघि नै प्रिमियर लिगको उपाधि जितिसकेको सिटीले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा तीन गोल गर्दै फराकिलो जित निकालेको हो ।

इदिहाद स्टेडियममा सिटीले डेभिड सिल्भाको गोलबाट १२ औं मिनेटमा सुरुवाती अग्रता बनाएको थियो ।  खेलको १६ औं मिनेटमा स्ट्रलिङले गोल गरेपछि सिटीले पहिलो हाफमा २ – ० को अग्रता बनायो । दोस्रो हाफमा पनि सिटीले गोल गर्ने क्रम जारी राख्यो ।

तुलनात्मक कमजोर टोली स्वान्सीविरुद्ध खेलको ५४ औं मिनेटमा बु्रनेले गोल गर्दै सिटीलाई ३ – ० को अग्रता दिलाए । ६४ औं मिनेटमा सिल्भाले गोल गर्दा सिटीको अग्रता ४ – ० को बन्यो । त्यसपछि खेलको ८८ औं मिनेटमा जिससले गोल गर्दै सिटीलाई ५ – ० को फराकिलो जित दिलाए ।

यो जितसँगै सिटीले ३४ खेलबाट ९० अंक जोडेको छ । शीर्ष स्थानको सिटि दोस्रो स्थानको युनाइटेडभन्दा १६ अंकले अघि छ । पराजित स्वान्सी ३३ अंक जोडेर रेलिगेसन जोन माथि रहेको छ । सिटीले उपाधि ट्रफी भने आगामी मे ६ मा प्राप्त गर्नेछ । सिटीले सिजनको अन्तिम खेल हडर्स्फिल्डसँग मे ६ मा घरेलु मैदानमा खेल्ने छ । उक्त खेलपछि सिटीलाई च्याम्पियन ट्रफी प्रदान गरिनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !