एजेन्सी, १० वैशाख । चेन्नई सुपरकिङ्स आईपीएल क्रिकेटमा रोमाञ्चक जितसहित शीर्ष स्थानमा उक्लिएको छ ।
खेलेका पाँचमध्ये चार खेल जित्ने क्रममा चेन्नईले सनराइजर्स हैदाराबादलाई चार रनले हराएको हो । १ सय ८३ रनको लक्ष्य पछ्याएको हैदराबादले ६ विकेट गुमाएर १ सय ७८ रन मात्र बनाउन सक्यो ।
केन विलियम्सनले ८४ र यूसुफ पठानले ४५ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । चेन्नईका दीपक चाहरले तीन विकेट लिए ।
पहिले ब्याटिङ गरेको चेन्नईले अम्बाती रायडुको ७९ र सुरेश रैनाको ५४ रनको मद्दतमा ३ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो । जीतसँगै चेन्नई ८ अंक सहित अंकतालिकाको पहिलो स्थानमा उक्लिएको छ ।