५ मंसिर २०८१, बुधबार

१३२ यात्रु सवार विमान दुर्घटना, उद्धारकार्य जारी


चाइना विमान

एजेन्सी । सोमबार दिउँसो दुर्घटनामा परेको चाइना इस्टर्न फ्लाइट एमयू ५७३७ नामक विमानसँग सम्बिन्धत उद्धारकार्य जारी छ ।

उद्धारकर्मी घटनास्थलमा पुगिसकेका छन् । यात्रीका आफन्त भने सुखद खबरको पर्खाइमा विमानस्थलम भेला भएर बसेका छन् ।

विमानमा १३२ यात्रु सवार थिए । गुआङजी प्रान्तको एक पहाडमा जंगलबीच दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनाको कारण अहिलेसम्म खुलेको छैन । उद्धारका लागि घटनास्थलमा सयौँ अधिकारी पठाइएको छ ।

दुर्घटनाले यति बेला पूरै चीनलाई स्तब्ध बनाएको छ । राष्ट्रपति सी चिनफिङले पनि दुःख व्यक्त गर्दै ठूलोस्तरमा अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

स्थानीय मिडिया रिपोर्टका अनुसार विमानका केही अंशहरू ठाउँठाउँमा भेटिएका छन् । तर, दुर्घटनास्थल अत्यन्तै विकट पहाडी भेगमा भएकाले खोजीकार्यमा कठिनाइ भइरहेको बताइएको छ ।

यात्रुका लगेज, वालेट, परिचयपत्रलगायत सामान पनि फेलापरेको बताइएको छ । दुर्घटनापछि जंगलमा भीषण आगलागी भएको थियो ।

यद्यपि, अझैसम्म क्षतिको यकिन विवरण प्राप्त भएको छैन । विमानमा सवार १३२ जना नै जीवित नरहेको हुन सक्ने अनुमान छ । -बीबीसीबाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !