८ पुस २०८१, सोमबार

दिसाको नमुना प्रदान गरे वापत दाताले कम्तिमा २५ देखि ७५ अमेरिकी डलर कमाउन सक्ने


यूपीआई । अमेरिकाको बायोटेक कम्पनीले पैसा दिएर मानव मल संकलन गर्ने ‘गुडनेचर’ नामक संस्थाको संचालन गरेको छ । गुडनेचरले टेम्पेमा खोलेको पसलमा प्रत्येक पटक आफ्नो दिसाको नमुना प्रदान गरे वापत दाताले कम्तिमा २५ देखि ७५ अमेरिकी डलर कमाउन सक्नेछन् ।

गुडनेचरको वेवसाइटमा भनिएको छ, ‘सबैले आफ्नो व्यवसाय गर्नुपर्छ । तपाईंको व्यवसायले राम्रो गरिहेको छ भन्ने सुनिश्चित गर्नुहोस् ।’

गुडनेचर १८ देखि ५० वर्ष उमेरका स्वस्थ दिसादाताको खोजिमा रहेको छ । तिनीहरुले प्रतिमहिना १ हजार ५ सय डलरसम्म कमाउन सक्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !