५ जेष्ठ २०८१, शनिबार

सिरियामा रासायनिक हतियार आक्रमणबारे छानबिन सुरु


एजेन्सी, ९ वैशाख । रासायनिक हतियार आक्रमण भए नभएकोबारे अनुसन्धान गर्न विज्ञको समूह सिरियाको डोमा शहरमा पुगेको छ ।

अन्तर्राष्ट्रिय विज्ञको समूहले अनुसन्धानका लागि केही नमूना लिइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । डोमा शहर अहिले सिरियाको सरकारी फौज  रुसको नियन्त्रणमा छ । सिरिया र रुसले रसायनिक हतियारको प्रयोग गरेको आरोप लगाउँदै अमेरिका बेलायत र फ्रान्सले केही दिनअघि त्यहाँ आक्रमण गरेका थिए तर रुस र सिरियाले भने त्यसको खण्डन गरेका छन् ।

गएको अप्रिल ७ तारिखमा डोमामा भएको आक्रमणमा ४० जना भन्दा धेरैको ज्यान गएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !