१२ असार २०८१, बुधबार

सर्वसाधारणलाई युद्ध प्रभावित भागबाट भाग्न रुस र युक्रेनबीच एकदिने युद्धविराम


रुस-युक्रेन द्वन्द्व People walk in a subway to get a train as they leave the city of Kyiv, Ukraine, Thursday, Feb. 24, 2022. (AP Photo/Emilio Morenatti)

एजेन्सी । सर्वसाधारणलाई युद्ध प्रभावित भागबाट भाग्न रुस र युक्रेनले बुधबार एक दिनको युद्धविराममा सहमति जनाएका छन् । मस्कोले एक दिने युद्धविरामको सम्मान गर्ने वाचा गरेको छ ।

उत्तरपश्चिममा इरपिन र बुचालगायत राजधानी वरपरका क्षेत्रहरूमा रहेका नागरिकहरूलाई रुसी सेनाको भीषण बमबारीबाट बच्न किभमा सारिने बताइएको छ । आइतबार पैदलयात्राबाट किभ पुग्न खोजिरहेका चारजना विस्फोटमा परेका समाचारमा जनाइएको छ ।

मङ्गलबार करिब ६० बसले किभबाट ३५० किलोमिटर पूर्वमा रहेको सुमीबाट सर्वसाधारणलाई बाहिर निकाल्न सफल भएको युक्रेनका राष्ट्रपतिको कार्यालयले सञ्चारमाध्यमलाई बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !