१२ श्रावण २०८१, शनिबार

डोनाल्ड ट्रम्पले गरे पुटिनको प्रशंसा


डोनाल्ड ट्रम्प

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा चालेको कदमको प्रशंसा गरेका छन् । दक्षिणपन्थी रेडियो कुराकानी कार्यक्रम ‘दी बक सेक्स्टन शो’मा ट्रम्पले युक्रेन समस्यामाथिको आफ्नो स्पष्ट मौनता तोडेर रुसी राष्ट्रपतिको प्रशंसा गरेका हुन् ।

ट्रम्पले रुसले पूर्वी युक्रेनको लुहान्स्क र दोनेत्स्क प्रान्तमा रुस समर्थित पृथकतावादीलाई सहयोग गर्नका लागि रुसी फौज पठाएकोमा त्यसको प्रशंसा गरेका छन् ।

पुटिनको निर्णयबारे ट्रम्पले भनेका छन्, “सोमबार युक्रेनका दुईवटा क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएर पुटिनले बुद्धिमानी निर्णय गरे । युक्रेनको ठूलो भू–भागलाई स्वतन्त्र घोषणा गर्दै त्यहाँ शान्ति सेना परिचालन गर्नु असल काम हो । हामीले पनि अमेरिकाको दक्षिणी सीमानामा यस्तै गर्नुपर्छ । रुसी शान्ति फौज मैले अहिलेसम्म देखेकैमध्ये सबैभन्दा शक्तिशाली हो । उनीहरूले शान्ति स्थापना गर्न खोज्दै छन् भने ठिक छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !