१० पुस २०८१, बुधबार

आईपीएल क्रिकेटमा राजस्थानलाई हराउदै कोलकाता शीर्ष स्थानमा


IPL

एजेन्सी, ६ वैशाख । आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको छ । जयपुरमा भएको खेलमा घरेलु टोली राजस्थानले दिएको १ सय ६१ रनको लक्ष्य कोलकाताले १९ औ ओभरमा ३ विकेट गुमाएर भेट्टाएको हो ।

कोलकाताका लागि रोबिन उथप्पाले ४८, दिनेश कार्तिकले ४२ तथा सुनिल नाराइन र नितिश रानाले ३५–३५ रन बनाए । यससँगै ५ खेलबाट ३ जीतसहित कोलकाता अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पहिले ब्याटिङ गरेको राजस्थानले ८ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो । उसका लागि जोन म्याथ्यू सोर्टले ४४, कप्तान अजिन्क्या रहानेले ३६ र जोस बट्लरले २४ रन बनाए ।

जीतसँगै कोलकाता अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । कोलकाताले पाँच मध्ये तीन खेल जितेको छ । चारमध्ये दुई खेल जितेको राजस्थान तालिकाको पाँचौ स्थानमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !