२३ भाद्र २०८१, आइतबार

अमेरिकाद्वारा रुसी कदमप्रति कडा निन्दा


अमेरिका

एजेन्सी । अमेरिकाले युक्रेनका दुई क्षेत्रलाई ‘स्वतन्त्र गणराज्यको मान्यता दिने’ रुसी कदमको कडा निन्दा गरेको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले रुसी कदमलाई ‘पूर्वानुमानित र लज्जास्पद कार्य’ भन्दै निन्दा गरेका हुन् ।

उनले ट्विट गर्दै भनेका छन्, “रुसले आफ्नै प्रोक्सी (प्रतिनिधि)हरूमार्फत नियन्त्रित तथाकथित गणतन्त्रहरूको ‘स्वतन्त्रता’लाई मान्यता दिने कदम अनुमानित र लाजमर्दो कार्य हो ।” बीबीसीको सहयोगमा ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !