१२ असार २०८१, बुधबार

गाडी दुर्घटना हुँदा २१ को मृत्यु, १२ घाइते


accident

एजेन्सी, ५ वैशाख । मिनी ट्रक दुर्घटना हुँदा भारतमा २१ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । 

वैवाहिक समारोहका लागि जाँदै गरेका व्यक्तिहरू चढेको मिनी ट्रक मध्य प्रदेशमा पर्ने नदीमा पुलबाट तल खसेर दुर्घटना भएको प्रहरी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । 

मध्य प्रदेशको राजधानी भूपालदेखि ५७३ किलोमिटर टाढा पर्ने सिद्धि जिल्लामा रहेको सोने नदीमा मंगलबार राति मिनीट्रक खसेको हो । ‘गएराति भएको दुर्घटनामा परी २१ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन्,’ एक अधिकारीले भने, ‘घाइतेहरूलाई स्थानीय अस्पतालहरूमा भर्ना गरेर उपचार गरिएको छ ।’

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको अस्पतालका अधिकारीहरूले बताएका छन् । सरकारी अधिकारीहरूले उद्धार कार्य सम्पन्न भएको जनाएका छन् । मध्ये प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारजनलाई राहत रकमको समेत घोषणा गरे । 

दुर्घटनाका बारेमा थप अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न पनि मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !