एजेन्सी, ५ वैशाख । भारत पश्चिम बंगालमा तुफानमा परि ११ जनाको ज्यान गएको छ । कोलकाता र आसपासका क्षेत्रमा मंगलबार बेलुकी आएको तुफानका कारण ११ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
त्यहाँको मौसम विभागले तुफान आउने बारे जानकारी दिए पनि सतर्कता नअपनाउँदा मानवीय क्षति भएको खबरमा उल्लेख छ । कोलकातामा सात दशक पछिकै अलिहे तीब्र गतिमा हावा चलेको त्यहाँका अधिकारीहरुले बताएका छन् । तुफानले गर्दा त्यहाँका सडकमा समेत क्षति पुगेको छ ।
यसले गर्दा यातायातका साधन ठप्प हुनुकासाथै बिजुलीको आपूर्ति बन्द हुँदा जनजीवन थप प्रभावित भएको छ ।