८ पुस २०८१, सोमबार

आफ्ना नागरिकलाई युक्रेन छोड्न राष्ट्रपति बाइडनको आग्रह


जो बाइडेन

बीबीसी । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल उक्त देश छाड्न आग्रह गरेका छन् ।

राष्ट्रपति बाइडनले यदि मस्कोले युक्रेनलाई आक्रमण गरे अमेरिकी नागरिकलाई उद्धार गर्न फौज नपठाउने बताएका छन् ।

“अमेरिकी नागरिकले अब (युक्रेन) छोड्नुपर्छ,” बाइडनले एनबीसी न्युजसँग भने । उनले त्यस क्षेत्रमा अवस्था छिट्टै भयानक हुनसक्ने चेतावनी दिएका छन् । “हामी संसारको सबैभन्दा ठूलो मध्येको एक सेनासँग व्यवहार गर्दैछौँ । यो एकदमै फरक स्थिति हो र घटनाक्रमहरू छिट्टै भयानक हुन सक्छन् ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !