१० पुस २०८१, बुधबार

फोटोग्राफर र्‍यान एम केलिले पाए पुलिझर फोटो पुरस्कार


price

एजेन्सी, ४ वैशाख । द डेल्ली प्रोग्रेस भर्जिनीयाका, फोटोग्राफर र्‍यान एम केलिले च्यार्लो टिस भिल्लेमा खिचेको एक तस्बिरले पुलिझर फोटो पुरस्कार पाएको छ ।

आफ्नो जागिरको अन्तिम दिन खिचेको उक्त तस्बिरमा च्यार्लो टिस भिल्लेका नागरिकहरूले गोरा प्रशासक विरुद्ध प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनस्थलमा कार प्रवेश गर्दा हेदर हेयर नाम गरेकी एक ३२ वर्षीय महिलाले ज्यान गुमाएकी थिइन भने १९ जना घाइते भएका थिए ।

गत अगष्टमा खिचिएको सो तस्बिरले पुलिझर पुरस्कार पाएको खबर पाएर आफू खुशी भएता पनि हेयरको परिवारमा परेको दुःखले आफूलाई झस्काइरहने फोटोग्राफर केलिले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !