एजेन्सी । बेलायतले युक्रेनस्थित दूतावासमा रहेका कर्मचारी फिर्ता बोलाउन थालेको खबर आएको छ । बेलायती कुटनीतिज्ञ असुरक्षित नरहे पनि दूतावासमा कार्यरत आधा कर्मचारीलाई फिर्ता बोलाउन लागेको बीबीसीले उल्लेख गरेको हो ।
कुनै पनि समय रुसी सेनाले युक्रेनमाथि आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले पनि दूतावासका कर्मचारीका आफन्तलाई युक्रेन छाड्न निर्देशन दिइसकेको छ। सोहि कारण देखाई बेलायतले पनि दूतावासका कर्मचारीलाई युक्रेनबाट फिर्ता बोलाएको हो ।