१४ असार २०८१, शुक्रबार

आईपीएलमा मुम्बईविरुद्ध दिल्लीको शानदार जित


एजेन्सी, २ वैशाख । आईपिएलको महत्वपूर्ण खेल अन्तरगत दिल्ली डेयरडेभिल्सले मुम्बई इन्डियनसँगको खेलमा ७ विकेटले शानदार जित हात पारेको छ ।

मुम्बईले दिएको १९५ रनको उच्च विजयी लक्ष्य दिल्लीले अन्तिम बलमा ३ विकेट गुमाउँदै पूरा गरेको हो । अन्तिम अाेभरमा दिल्लीलाई जितका लागि ११ रनकाे अावश्यकता थियाे । अन्तिम अाेभर मुम्बईका लागि मुस्ताफिजुर रहमान बलिङ गर्न अाए । पहिलाे बलमा जेसाेन राेयले चाैका हाने । दाेस्राे बलमा उनले छक्का हाने । दिल्लीलाई जितका लागि ४ बलमा मात्रै एक रन चाहिएकाे थियाे । तर रहमानले लगातार तीन डट फाले । दिल्लीकाे बढेकाे ढुकढुकीलाई राेयले अन्तिम बलमा एक रन लिएर शान्त पारे ।

दिल्लीको जितका लागि जेसोन रोय नायक बने । उनले नटअाउट रहँदै ५३ बलमा ६ चौका र ६ छक्कासहित ९१ रनको योगदान दिए ।

दिल्लीका लागि ऋषभ पन्तले २५ बलमा ६ चौका र २ छक्कासहित ४७ रनको योगदान दिए । अघिल्ला दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेका कप्तान गौतम गम्भीरले आजको खेलमा १६ रन मात्र बनाए । त्यस्तै ग्लेन म्याक्सवेल १३ रनमा आउट भए । श्रेयस अय्यरले नटअाउट रहँदै २७ रन बनाए ।

मुम्बईका लागि क्रुनाल पंड्याले २ तथा मुस्ताफिजुर रहमानले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बई इन्डियन्सले दिल्लीलाई १९५ रनको उच्च विजयी लक्ष्य प्रस्तुत गरेको थियो । मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै यो योगफल तयार पारेको हो । ओपनर ब्याट्सम्यानहरु सूर्यकुमार यादव र इविन लेविसले मुम्बईको लागि महत्वपूर्ण आधार तयार पारेका थिए ।
यादवले विस्फोटक ब्याटिङ गर्दै ३२ बलमा ७ चौका र एक छक्कासहित ५३ रन बनाए । त्यस्तै अर्का ओपनर इविन लेविसले २८ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ४८ रन बनाए ।

त्यस्तै इशान सकशनले ४४, कप्तान रोहित शर्माले १८, क्रुनाल पंड्याले ११ रनको योगदान दिए ।

बलिङतर्फ दिल्लीका लागि ट्रेन्ट बोल्ट, राहुल तेवतिया तथा ड्यानियल क्रिस्टियनले समान २–२ विकेट लिँदा मोहम्मद शमीले एक विकेट लिए ।

अाजकाे जितसँगै दिल्लीले पहिलाे जित हात पारेकाे छ भने मुम्बईले लगातार तीन खेल हारेकाे छ ।

यस्ताे थियाे दुवै टिम
मुम्बई इन्डियन्स : रोहित शर्मा (कप्तान), इविन लेविस, ईशान किशन, सूर्यकुमार यादव, हार्दिक पंड्या, क्रुणाल पंड्या, कीरोन पोलार्ड, मयंक मार्कंडे, जसप्रीत बुमराह, मुस्तफिजुर रहमान, अकिला धनंजय।

दिल्ली डेयरडेविल्स : गौतम गम्भीर (कप्तान), जेसन रोय, श्रेयस अय्यर, ऋषभ पन्त, ग्लेन म्याक्सवेल, विजय शंकर, डेनियल क्रिस्टियन, राहुल तेवतिया, शाहबाज नदीम, मोहम्मद शमी, ट्रेन्ट बोल्ट ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !