वासिङ्टन, अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार दुई देशबीच बढ्दो तनावका बीच युक्रेनमा आक्रमण गरे रुसलाई जवाफदेही बनाइने बताउँनुभएको छ ।
“रुसले युक्रेनमा आक्रमण गरेमा त्यसलाई जवाफदेही बनाइनेछ। यदि उसले युक्रेनमा आक्रमण गर्यो् भने यो रुसको लागि विनाशकारी हुनेछ।” बाइडेनले भन्नुभयो ।
हाम्रा साझेदार र सहयोगीहरू रुस र यसको अर्थतन्त्रमा गम्भीर क्षति पुर्याउन तयार छन्,’ अमेरिकी राष्ट्रपतिले भन्नुभयो ।’ उहाँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यस्तो आक्रमण हुँदा महत्त्वपूर्ण आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको छ । रुसले युक्रेनमा थप गतिविधि गरेमा मैले वाचा गरेको कडा प्रतिबन्ध लगाइने जुन कसैले कहिल्यै देखेको छैन, बाइडेनको थप चेतावनी छ ।
तर त्यो रुसको गतिविधि र युक्रेनमा गर्ने आक्रमणको स्तरमा भर पर्ने पनि बताउँनुभएको छ । “मैले पहिले नै युक्रेनीहरूलाई अमेरिकी डलर ६०० मिलियन भन्दा बढी मूल्यको परिष्कृत रक्षा उपकरणहरू पठाइसकेको छु। रूसीहरूका लागि यो महङ्गो पर्नेछ ।
युक्रेनको सीमामा पुटिनले आफ्ना एक लाख सेनालाई जम्मा गरिसकेको अमेरिकाको बुझाइ छ । “उनी के गर्न गइरहेका छन् भन्ने कुरामा म यत्ति निश्चित छैन । मेरो अनुमान छ कि उनी भित्र जान्छन् । उनले केही गर्नुपर्छ,” बाइडेनले सोभियत पछिको संसारमा सान्दर्भिकता खोज्ने नेताको वर्णन गर्दै भन्नुभयो । “उनी चीन र पश्चिम बीचको संसारमा आफ्नो स्थान खोज्ने प्रयास गर्दैछन् ।”
राष्ट्रपति बाइडेनले आफ्नो कार्यकालको पहिलो वर्षको अवसरमा औपचारिक पत्रकार सम्मेलनमा उक्त टिप्पणी गर्नुभएको हो ।