११ असार २०८१, मंगलबार

ओरेगन कन्सर्ट हल बाहिर गोली चल्दा ६ जना घाइते


ओरेगन कन्सर्ट हल बाहिर गोली चल्दा ६ जना घाइते

वासिङ्टन, अमेरिका । अमेरिकाको ओरेगन राज्यको युजेनमा रहेको कन्सर्ट हलबाहिर शुक्रबार राति गोली चल्दा कम्तीमा छ जना घाइते भएका छन् । उनीहरुलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

सिएनएनले उल्लेख गरे अनुसार लिल बीन र जे बैंग शोको क्रममा गोलीबारी भएको थियो। “राती ९:२९ मा WOW हल, २१९ W. 8th Avenue मा धेरै पटक गोली चलेको रिपोर्ट आएको थियो ।

प्रहरी प्रमुख क्रिस स्किनरले शनिबार बिहान पत्रकारहरूलाई बताएअनुसार “पक्कै पनि युजीन शहरमा भएको सबैभन्दा उच्च प्रोफाइल गोलीबारीहरू मध्येको एक हो । पीडितको शल्यक्रिया भएरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !