![अमेरिका र रुस सम्वन्ध](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/USA-And-Russia-Relation124.jpg?fit=768%2C509&ssl=1)
जेनेभा । शीर्ष अमेरिकी र रुसी कूटनीतिज्ञहरूले सोमबार जेनेभामा युक्रेनमा बढ्दो तनावको बारेमा महत्त्वपूर्ण वार्ता शुरु गरेका छन् । अमेरिकी उप विदेश मन्त्री वेन्डी शर्मन र उनका रुसी समकक्षी उप विदेश मन्त्री सर्गेई र्याबकोभले जेनेभामा रहेको अमेरिकी मिसनमा बिहान ८:५५ बजे (०७५५ GMT) बैठक शुरुवात् गरेको, विदेश विभागका प्रवक्ताले जनाएका छन् ।