१२ असार २०८१, बुधबार

सोमालियाली सेनाको कारबाही २१ अल-शबाब लडाकू मारिए


सोमालियाली सेनाको कारबाही २१ अल-शबाब लडाकू मारिए

मोगादिसु । सोमाली राष्ट्रिय सेना (एसएनए) र गाल्मुदुग क्षेत्रीय सेनाको समर्थनमा मध्य सोमालियाको एक सहरमा हुन लागेको एक आक्रमणलाई असफल पारिएको जनाइएको छ । सोही क्रममा सेनाले गरेको कारबाहीको क्रममा २१ अल–शबाब लडाकूहरूलाई मारिएका एसएनएका अधिकारीहरु जनाएका छन् ।

एसएनएकाअनुसार यस कारबाहीमा परी १३ औं बटालियनका कमाण्डरसहित चार सैनिक र २१ अल शबाब आतङ्ककारी मारिएका छन् । एसएनए र गाल्मुदुग क्षेत्रीय सेनाले वीरतापूर्वक आक्रमणलाई असफल गरेको र २१ आतंककारीहरु मारिएका सरकारी स्वामित्व रहेको राष्ट्रिय टेलिभिजनले जनाएको छ ।

मध्य र दक्षिणी क्षेत्रहरुमा अल-शबाब लडाकूहरुविरुद्ध सरकारी सेनाहरूद्वारा तीव्र कारबाहीहरु जारी रहेको छ । लडाकूहरूले अझै पनि ग्रामीण इलाकाहरू नियन्त्रण गर्ने र एम्बुसहरु थापेर विस्फोट गराउने कामहरु गर्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !