२७ पुस २०८१, शनिबार

ब्राजिलमा डुङ्गामा ढुङ्गा खस्दा मृत्यु हुनेको संख्या १० पुग्यो


ब्राजिलमा डुङ्गामा ढुङ्गा खस्दा मृत्यु हुनेको संख्या १० पुग्यो

रियो दि जेनेरो । ब्राजिलको दक्षिणपूर्वी मिनास गेराइस राज्यको फर्नास तालमा रहेको भू–गर्भीय घाटीबाट भत्किँएका चट्टान एक डुङ्गामा खँस्दा मृत्यु हुनेको संख्या १० पुगेको छ ।

यस दुर्घटनामा परी ३२ घाइते भएका थिए । ती मध्ये २९ जना अस्पतालबाट घर फर्किएका पनि समाचारमा जनाइएको छ । उक्त घटना शनिबार दिउँसो भएको थियो ।

मिनास गेराइस राज्यको राजधानी बेलो होरिजोन्टेबाट करिब ३०० किलोमिटर टाढा क्यापिटोलियो शहरनजिकै फर्नास ताल वरपरको घाटीबाट ठूला चट्टान खसेको थियो ।

शनिबार बिहान यस क्षेत्रमा भारी वर्षा भएको थियो जसले केही भू–गर्भशास्त्रीले पानीको बहावले चट्टान खसेको हुनसक्ने विश्वास गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !