३ जेष्ठ २०८१, बिहिबार

चेन्नईले घरेलु मैदानमा खेल्न नपाउने


Chennai-Super-Kings-IPL-11

एजेन्सी, २९ चैत । दुई वर्षपछि आईपीएल क्रिकेटमा फर्किएको चेन्नई सुपरकिङ्सले प्रतियोगिताका खेल घरेलु मैदानमा खेल्न नपाउने भएको छ । सुरक्षाको कारण देखाउँदै आयोजकले चेन्नेइमा हुने सबै खेल पुणेमा खेलाउने निर्णय गरेपछि चेन्नईले घरेलु मैदान र समर्थकको साथ नपाउने भएको हो ।

काभेरी नदीको पानी सम्बन्धि विवाद र त्यसका क्रममा भइरहेको प्रदर्शनका कारण सुरक्षा खतरा बढेको भन्दै आयोजकले चेन्नईमा हुन बाँकी ६ वटै खेल पुनेमा खेलाउने निर्णय गरेको हो । भारतका २ छिमेकी राज्य तामिलनाडु र कर्नाटकबीच काभेरी नदीको पानीसम्बन्धी विवादमा चेन्नईमा प्रदर्शन भइरहेको छ ।

चेन्नई सुपरकिङ्सका मुख्य कार्यकारी अधिकृत काशी विश्वनाथनले बुधबार आईपीएलका आयोजकलाई भेटी बाँकी खेल पुणेमा सार्न आग्रह गरेका थिए । पुणेको मैदान चेन्नईका कप्तान महेन्द्रसिंह धोनी र प्रशिक्षक स्टेफेन फ्लेमिङका लागि भने परिचित मैदान हो ।

आईपीएलका अघिल्ला २ संस्करणमा धोनी पुणेका कप्तान र फ्लेमिङ प्रशिक्षक थिए । २०१४ को आईपीएलमा पनि चेन्नईले चारवटा खेल घरेलु मैदानमा खेल्न पाएको थिएन । तामिलनाडु क्रिकेट एशोसिएसन र स्थानीय निकायबीचको विवादका कारण त्यसबेला आईपीएलका चार खेल राँचीमा सारिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !