१३ आश्विन २०८१, आइतबार

फेसबुकको गोप्य जानकारी चोरी भएकोमा जुकरबर्गले मागे माफी


Mark-Zuckerberg

एजेन्सी, २८ चैत । फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुकको गोप्य जानकारी चोरी भएको विषयमा अमेरिकी सिनेटरसँग माफी मागेका छन् । उनले फेसबुकमार्फत भएको गडबडी स्वीकार्दै माफी मागेका हुन् ।

जुकरबर्गले भने ‘हाम्रो जिम्मेवारी टुल्स बनाउने मात्रै होइन, यो पनि विश्वास दिलाउनुपर्छ कि यी टुल्सको प्रयोग राम्रोको लागि हो । यो स्पष्ट छ कि हामीले टुल्सको गलत प्रयोग हुनबाट रोक्न सकेनौं । गलत समाचार, गलत अभिव्यक्ति, चुनावमा विदेशी हस्तक्षेप जस्ता नोक्सान रोक्न पर्याप्त कदम उठाउन सकेनौं । हामी आफ्नो जिम्मेवारीलाई राम्रोसँग निभाउन सकेनौ । यो धेरै ठूलो गल्ती हो, त्यसैले म यसको लागि माफी माग्छु ।’

जुकरबर्गले अब यस्तो गल्ती नहुने दाबी गरेका छन् । यसअघि ९ करोड फेसबुक प्रयोगकर्ताको गोप्य जानकारी चोरी भएको फेसबुकले औपचारिक रुपमा स्वीकार गरेको थियो । अमेरिकी राष्ट्रपतिको चुनावको बेला डाटा चोरी भएको अनुमान छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !