१२ श्रावण २०८१, शनिबार

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या आठ लाखभन्दा बढी


काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) बाट आठ लाखभन्दा बढीको मृत्यु भएको छ ।

अन्तरराष्ट्रिय समाचारका अनुसार अहिलेसम्म पाँच करोडलाई कोभिड संक्रमित भएका छन् ।

मृत्यु हुनेमध्ये अधिकांश व्यक्ति खोप नलगाएका र बृद्धबृद्धा छन् । कोभिडबाट गत वर्षभन्दा यो बर्ष धेरै अमेरिकीको मृत्यु भएको छ ।

पछिल्लो ११ सातामा १ लाख जनाको मृत्यु भएको छ । यो दर यसअघिको तुलनामा निकै धेरै हो ।

गत वर्ष फाइजर खोपलाई स्वीकृति दिएपछि पनि अमेरिकामा कोभिडकै कारण ३ लाख जनाको मृत्यु भइसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !