एजेन्सी, २४ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल)को ११ औं संस्करणको शनिबार भव्य उदघाटन हुँदैछ । छोटो संस्करणको क्रिकेट फर्मयाट (टि–२०) मा सर्वाधिक लोकप्रिय रहँदै आएको यो प्रतियोगितामा विश्वका उत्कृष्ट खेलाडीहरुले विभिन्न क्लबहरुमा रहेर प्रतिष्पर्धा गर्दै आएका छन् ।
उदघाटन दिल्लीको चर्चित मैदान वांखडे स्टेडियममा हुँदैछ । दुई वर्षको प्रतिबन्धपछि महेन्द्र सिंह धोनीको कप्तानीमा चेन्नइ सुपर किंग्स तथा शेन वार्नको प्रशिक्षणमा रहेको राजस्थान रोयल्सले आईपीएलमा पुनरागमन गर्दैछन् ।
चेन्नइ र रोयल्समाथि स्पट फिक्सिङमा दोषी पाइएपछि दुई वर्ष प्रतिबन्ध गरिएको थियो । उपाधि होड सधैं रोमाञ्चक हुने अाईपीएलमा चेन्नइको पुनरागमनसँगै तेस्रो पटक च्याम्पियन बन्ने ध्याउनमा रहँदा उत्कृष्ट खेलाडीहरु भएर पनि जित्न नसकेकेको बैंगलोरलाई यो पटक कडा चुनौती रहने छ ।
त्यस्तै, कोलकतादेखि किंग्स इलेभन पन्जाबसम्म यो पटक जित्ने रणनीतिमा रहँदा उपाधि होडका लागि भने केही समय पर्खिनु पर्नेछ । चेन्नइ दुई वर्षको प्रतिबन्धपछि खेलमा फर्किएकाले उसको प्रदर्शन कस्तो रहला भन्ने अनुमान मात्र गर्न सकिन्छ ।