९ पुस २०८१, मंगलबार

दक्षिण कोरियाकी पूर्वराष्ट्रपति २४ वर्षका लागि जेल चलान


park geun

एजेन्सी, २३ चैत । दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउनलाई भ्रष्टाचारमा मुद्दामा २४ वर्षका लागि जेल चलान गरिएको छ । गेउनमाथि लागेको भ्रष्टाचारसम्बन्धी मुद्दाको फैसला सुनाउँदै २४ वर्ष जेल र १ करोड ७० लाख अमेरिकी डरल बराबरको जरीवानाको सजाय सुनाइएको हो ।

भ्रष्टाचारमा संलग्न भएको पुष्टी भएपछि दक्षिण कोरियाको राजधानी सोलस्थित एक अदालतले उनलाई २४ वर्षको लामो जेल सजाय दिएको हो । उनी थुनामै रहेकी छन् । सन् २०१७ को मार्च महिनामा भ्रष्टाचारको आरोपमा उनलाई नियन्त्रणमा लिइएको थियो ।

त्यसयता उनलाई अनुसन्धानका लागि थुनामा राखिएको थियो । उनलाई हिरासतमा राखेर अनुसन्धान जारी राखेको थियो । यद्यपी उनले गरेको भ्रष्टाचारको प्रकृतिअनुसार उनलाई कम्तीमा पनि ३० वर्षको जेल सजायको माग यसअघि नै सरकारी वकिलहरूले गरेका थिए ।

दक्षिण कोरियाकी पहिलो महिला राष्ट्रपति गउन ६६ वर्षकी छन् । उनले राष्ट्रपति पदमा रहँदा शक्तिको दुरुपयोग गरेर भ्रष्टाचार गरेको आरोप लागेको थियो । भ्रष्टाचारको संलग्नतामा दक्षिण कोरियाको प्रारम्भिक अदालतले प्रमाणित गरेपछि उनलाई संसद्मा महाभियोग लगाएर बर्खास्त गरिएको थियो । उनी दक्षिण कोरियामा महाअभियोग मार्फत निकालिने पहिलो राष्ट्रपति हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !