३ मंसिर २०८१, सोमबार

हराएकी छोरी २४ वर्षपछि भेटिँदा…


chin man

एजेन्सी, २१ चैत । चीनका एक ट्याक्सी चालकले सडकवाट हराएकी छोरीलाई साढे दुई दशकपछि फेला पारेका छन् ।

फलफूल व्यापारी वाङ मिङ र उनकी पत्नी ली यूले सन् १९९४ सडकपेटीवाट हराएकी छोरी २४ वर्षपछि पत्ता लगाएका हुन् ।

सडकमा फलफूल बेच्दै गर्दा मिङ ग्राहकलाई खुद्रा पैसा दिन अर्को पसलमा गएका थिए त्यही समयमा उनकी छोरी क्वी फिङ हराएकी थिइन् । छोरी हराएपछि मिङले ट्याक्सी चलाउन थाले ।

सेवा लिएका १४ लाख यात्रुलाई ट्याक्सीको ढोकामा हस्ताक्षर गर्न लगाई उनले छोरी खोजिदिन आग्रह गरेका थिए । त्यो खबर एक पटक स्थानीय पत्रिका र टेलिभिजनमा पनि प्रसारण भएको थियो ।

एक स्थानीय प्रहरीले छोरीको अनुमानित ‘स्केच’ तयार पारे । उक्त तस्विरको सहायताले मिङले अाफूभन्दा २७ हजार माइल टाढा जिलिन शहरमा रहेकी छोरीलाई पत्ता लगाएरै छाडे ।

फिङका अाश्रयदाताले सडकपेटीमा अलपत्र भेटिएकी बच्चीलाई लगेर पालनपोषण गरेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !