८ पुस २०८१, सोमबार

नेल्सन मण्डेलाकी पूर्व पत्नीको निधन


एजेन्सी, २० चैत ।  रंगभेद विरोधी दक्षिण अफ्रिकी नेता विन्नी मण्डेलाको ८१ वर्षको उमेरमा निधन भएको छ ।

विन्नी मादिकीजेला मण्डेला दक्षिण अफ्रिकाकी पहिलो अश्वेत राष्ट्रपति नेल्सन मण्डेलाका श्रीमती हुनुहुन्थ्यो । नेल्सन मण्डेला २७ वर्षको जेल जीवनबाट निस्कँदा विन्नी र नेल्सनले हात समातेर निस्केको फोटो चर्चित भएको थियो । त्यो फोटो रंगभेद विरुद्धको आन्दोलनको सिम्बोल बनेको थियो ।

मण्डेला परिवारका प्रवक्ता भिक्टर लामिनीले एउटा वक्तव्य जारी गर्दै भनेका छन्, ‘उहाँ लामोसमयदेखि रोगी हुनुहुन्थ्यो । एक वर्षदेखि उहाँ अस्पतालमै हुनुहुन्थ्यो । सोमबार दिउँसो परिवारका केही सदस्यहरुको बीचमा उहाँले अन्तिम श्वास लिनुभयो ।’

विन्नी मण्डेला सन् १९३६ मा इस्टर्न केपमा जन्मनु भएको थियो । उहाँ एक प्रशिक्षित सामाजिक कार्यकर्ता हुनुहुन्थ्यो जब उहाँले नेल्सन मण्डेलालाई सन् १९५० मा भेट्नुभएको थियो । उहाँहरुको वैवाहिक सम्बन्ध ३८ वर्ष रह्यो । नेल्सन मण्डेला जेलमा रहेका बेला उहाँहरु छुट्टिनुभएको थियो ।

सन् १९९६ मा उहाँले नेल्सन मण्डेलासँग सम्बन्ध विच्छेद गर्नुभएको थियो । सम्बन्ध विच्छेद भएपछि पनि उहाँले मण्डेलाकै थर प्रयोग गरिरहनु भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !