१७ असार २०८१, सोमबार

अष्ट्रेलियाका लागि फेरि कहिल्यै नखेल्ने गरी वार्नरले राजीनामा दिए


David-Warner

एजेन्सी, १७ चैत । ब्याट्सम्यान डेभिड वार्नरले अष्ट्रेलियाका लागि फेरि कहिल्यै नखेल्ने गरी राजीनामा दिएका छन् । बल टेम्परिङ विवादमा फसेपछि ३१ वर्षे वार्नरमाथि एक वर्षको प्रतिवन्ध लागेको छ । साथै प्रतिवन्ध हटेपछि पनि कप्तान कहिल्यै कप्तान नबनाइने क्रिकेट अष्ट्रेलियाले बनाएको छ ।

दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेष्टका क्रममा भएको बल टेम्परिङको योजनाकार वार्नर मानिएको छ । यद्यपि, यसबारे छानविन जारी छ । शनिबार पत्रकार सम्मेलन गरेर वार्नरले आफ्नो गल्तीको जिम्मेवारी लिने बताए । साथै उनले आँखाभरी आँसु पार्दै क्रिकेट अष्ट्रेलियाका सबै समर्थकसँग माफी मागेका छन्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !