१७ असार २०८१, सोमबार

इजरायली सेनाको गाेली प्रहारवाट १६प्यालेष्टानीको मृत्यु


एजेन्सी, १७ चैत । इजरायल र प्यालेस्टाइनबीचको गाजा क्षेत्रमा भएको प्रदर्शनका क्रममा इजरायली सेनाकाे गोली लागेर कम्तिमा १६ जनाको मृत्यु भएको छ ।

प्यालेस्टायनी अधिकारीहरुले इजरायली सेनाले गोलीकाे प्रहारबाट कम्तिमा १६ जनाको मृत्यु भएको र सयौं घाइते भएको बताएका छन् । प्यालेस्टायनीहरुको प्रदर्शन दक्षिणी गाजा क्षेत्रको खान युनिसको शहरगायत प्यालेस्टायन–इजरायल सीमासँग जोडिएका पाँच वटा क्षेत्रमा भएको थियाे ।

इजरायली सेनाले भने सीमा क्षेत्रमा दंगा भड्किएकाले त्यसलाई नियन्त्रण गर्न गोली चलाएको दाबी गरेको छ । सीमा क्षेत्रमा टायर बाल्ने , पेट्रोल बम र ढुंगा प्रहार गरी दंगा फैलाउनेहरुलाई नियन्त्रण गर्न कारबाही गरिएको सेनाले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !