१६ असार २०८१, आइतबार

अष्ट्रेलियाका क्रिकेट प्रशिक्षकले पनि दिए राजीनामा


cricket

एजेन्सी, १६ चैत ।  बल टेम्परिङको प्रकरणमा आफ्नो टिम मुछिएपछि अष्ट्रेलियाका प्रशिक्षक ड्यारेन लेम्यानले राजीनामा दिएका छन् ।

बल टेम्परिङमा संलग्न नभए पनि ४८ वर्षीय प्रशिक्षक लेम्यानले बिहीबार राजीनामा दिएका हुन् । उनले जोहानेसबर्गमा हुने दक्षिण अफ्रिकाविरुद्धको अन्तिम टेस्टपछि लागु हुने गरी राजीनामा दिएको बताएका छन् ।

बल टेम्परिङ प्रकरणमा दोषी ठहर भएपछि कप्तान स्टिभ स्मिथ र उपकप्तान डेविड वार्नरलाई आईसीसीले एक खेलको प्रतिबन्ध लगाएको छ भने क्रिकेट अष्ट्रेलियाले एक वर्षको प्रतिबन्धको निर्णय गरिसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !