६ बैशाख २०८१, बिहिबार

इन्डोनेसियद्वारा जैविक इन्धनको प्रयोग गरी सफल उडान परीक्षण


उडान परीक्षण

जकार्ता । इन्डोनेसियाले जैविक इन्धन (बायोभ्टुर जे २.४) को प्रयोग गरी मध्यम दुरीको जुम्ल्याहा इन्जिन भएको विमानको सफलतापूर्वक उडान परीक्षण गरेको छ ।

बायोभ्टुर जे २.४ एक मिश्रित इन्धन हो जुन २.४ प्रतिशत परिष्कृत पाम तेलबाट बनेको हुन्छ । उक्त परीक्षण उडानका क्रममा ऊर्जा तथा खनिज स्रोत मन्त्री अरिफिन तस्रिफले आफूहरूले नयाँ इतिहास रच्न लागेको र त्यो समयको पर्खाइमा रहेको समेत बताउनुभएको छ।

उहाँका अनुसार पाम तेलमा आधारित बायोडीजल मिश्रण इन्धन भू-यातायातमा प्रयोग गरिएको छ अब त्यसलाई हवाई यातायातमा पनि प्रयोग गरिनेछ।

उडान परीक्षण १०,००० र १,६००० फिट को उचाइ मा उडान गर्ने विमानसँगै गरिएको थियो। उक्त परीक्षणबाट जेट A1 ईन्धन र J 2.4 को उपयोग गर्ने विमान र यसमा समानता पाइएको छ। यातायातमन्त्री बुडी कार्यासुमादी यो परीक्षणको सफलता देश भित्रको मात्र नभएर अन्तरराष्ट्रिय रूपमै भएको बताउँनुभएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !