८ पुस २०८१, सोमबार

६ वर्षपछि मलाला युसुफजाई स्वदेश फर्किइन्


Malala yuisouf

एजेन्सी, १५ चैत । महिला शिक्षा तथा बालअधिकारकर्मी मलाला युसुफजाई आफ्नो देश पाकिस्तान फर्किएकी छिन् । सन् २०१२ को अक्टोबरमा, महिला शिक्षाको वकालत गरेको भन्दै तालिबानले टाउकोमा गोली हानेपछि बेलायतमा बस्दै आएकी मलाला त्यसपछि पहिलोपटक पाकिस्तान पुगेकी हुन् ।

सुरक्षाको कारण भन्दै उहाँको भ्रमणको विस्तृत जानकारी खुलाइएको छैन । मलालाले प्रधानमन्त्री शाहिद खकान अब्बासीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको बीबीसीले जनाएको छ । मलालाले इस्लामावाद बेनजिर भूट्टो अन्तराष्ट्रिय विमानस्थलमा आफ्नो परिवारलाई भेटेको पाकिस्तानी टेलिभिजनले देखाएका छन् ।

११ वर्षको उमेरबाट बीबीसी उर्दुमा ब्लग लेख्न थालेकी २० वर्षीया मलालाले बालिका शिक्षामा पुर्याएको योगदानका लागि सन् २०१४ मा नोबेल पुरस्कार पाएकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !