८ पुस २०८१, सोमबार

डेभिड वार्नरले क्रिकेट समर्थकसँग मागे माफी


David warner

एजेन्सी, १५ चैत । अष्ट्रेलिया क्रिकेटका पूर्व उप-कप्तान डेभिड वार्नरले क्रिकेट समर्थकहरुसँग माफी मागेका छन् ।

वार्नरले ट्वीट गर्दै आफूहरुको गल्तीले क्रिकेट जगत नै ध्वस्त भएको भन्दै अष्ट्रेलिया र विश्वभरकै क्रिकेट समर्थकहरुसँग माफी मागेका हुन् ।

उनले ट्वीटमा भनेका छन्, ‘मेरो तर्फबाट भएको गल्तीको म माफी माग्दछु र त्यसको जिम्मेवारी पनि लिन्छु ।’

बुधबार अष्ट्रेलियाको क्रिकेट संघ क्रिकेट अष्ट्रेलियाले स्टिभ स्मिथ र डेभिड वार्नरलाई सबै प्रकारका क्रिकेटमा एक वर्षको प्रतिबन्ध लगाएको थियो । संघले क्यामरन बेनक्रफ्टलाई नौ महिनाको प्रतिबन्ध लगाएको छ ।

बुधबार नै भारतीय क्रिकेट कन्ट्रोल बोर्डले पनि स्टिभ स्मिथ र डेभिड वार्नरलाई यो वर्षको आईपीएल खेल्न प्रतिबन्ध लगाएको थियो । स्मिथ राजस्थान रोल्समा अनुबन्धित थिए भने वार्नर सनराइजर्स हैदराबादमा अनुबन्धित थिए ।

उनीहरु दुवैले बीसीसीआईको निर्णय आउनु पूर्व नै टिमको कप्तानबाट राजीनामा दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !