१६ असार २०८१, आइतबार

स्मिथ र वार्नरले इन्डियन प्रिमियर लिग पनि खेल्न नपाउने


Smith and warner

१५ चैत, काठमाण्डौ । बल टेम्परिङ काण्डमा मुछिएका अष्ट्रेलियाका कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नरले इन्डियन प्रिमियर लिग आईपीएल पनि खेल्न नपाउने भएका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले उनीहरुलाई यो वर्षको आईपीएल खेल्न प्रतिबन्ध लगाएको छ । आईपीएल कमिस्नर राजिव शुक्लाका अनुसार राजस्थान रोयल्स र सनराइजर्स हैदरावादले स्टिभ स्मिथ र डेभिड वार्नरको ठाउँमा नयाँ खेलाडी अनुबन्ध गर्न पाउनेछन् ।

उनीहरुलाई आज मात्रै अष्ट्रेलिया क्रिकेटले १ वर्षको प्रतिबन्ध लगाएको थियो । यसअघि स्मिथले राजस्थान रोयल्सको कप्तानबाट राजीनामा दिइसकेका थिए भने वार्नरले पनि बुधबार बिहान सनराइजर्स हैदराबादको कप्तानबाट राजीनामा दिइसकेका छन् ।

यो पनि पढ्नुहोस् :

कडा सुरक्षा घेराका बीच स्टिभ स्मिथलाई घर फर्काइयो

अष्ट्रेलियाको क्रिकेट संघले स्मिथ र वार्नरलाई एक वर्षको प्रतिबन्ध


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !