१० असार २०८१, सोमबार

कडा सुरक्षा घेराका बीच स्टिभ स्मिथलाई घर फर्काइयो


एजेन्सी, १५ चैत । बल टेम्परिङ प्रकरणमा मुछिएका अष्ट्रेलियाका क्रिकेटर स्टिभ स्मिथलाई कडा सुरक्षा व्यवस्थाका साथ दक्षिण अफ्रिकाको जोहानेसबर्ग विमानस्थल पुर्‍याइएको छ ।

जोहानेसबर्ग विमानस्थलमा सुरक्षाकर्मीको कडा सुरक्षा घेराको बीचमा स्टिभ स्मिथ देखिएका थिए । त्यस्तै सञ्चारकर्मीको पनि बाक्लो उपस्थिति रहेको थियो ।

आजै मात्र अष्ट्रेलियाको क्रिकेट संघ क्रिकेट अष्ट्रेलियाले स्टिभ स्मिथ र डेभिड वार्नरलाई सबै प्रकारका क्रिकेटमा एक वर्षको प्रतिबन्ध लगाएको थियो । त्यस्तै क्यामरन बेनक्रफ्टलाई नौ महिनाको प्रतिवन्ध लगाइएको छ । क्रिकेट अष्ट्रेलियाले तीनै जना क्रिकेटरलाई घर फर्काउने निर्णय गरेको थियो ।

आजै मात्र भारतीय क्रिकेट कन्ट्रोल बोर्डले पनि स्टिभ स्मिथ र डेभिड वार्नरलाई यो वर्षको आईपीएल खेल्न प्रतिबन्ध लगाएको थियो  स्मिथ राजस्थान रोयल्समा अनुबन्धित थिए भने वार्नर सनराइजर्स हैदराबादमा । उनीहरु दुवैले बीसीसीआईको निर्णय आउनु पूर्व नै टिमको कप्तानबाट राजीनामा दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !