७ पुस २०८१, आइतबार

जिम्बावे क्रिकेटका एक पदाधिकारीलाई आईसीसीले निलम्बन


एजेन्सी, १३ चैत । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले जिम्बावे क्रिकेटका एक पदाधिकारीलाई २० वर्षका लागि निलम्बन गरेको छ ।

उनलाई क्रिकेटसम्बन्धी कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी २० वर्षको लागि कारवाही गरिएको हो । जिम्बावेको हरारे मेट्रोपोलिटन क्रिकेट संघका कोषाध्यक्ष तथा निर्देशक राजन नायरमाथि आईसीसीले यो कारवाही गरेको हो । गएको अक्टोबरमा कप्तान ग्रिम क्रिमरलाई म्याचफिक्सिङ गर्नका लागि ३० हजार अमेरिकी डलरको प्रस्ताव गरेको पुष्टि भएपछि उनीमाथि कारवाही गरिएको हो ।

घटनापछि तत्काल कप्तान क्रिमरले आईसीसीलाई यसको बारेमा जानकारी गराएपछि अनुसन्धान सुरु गरिएको थियो । नायरले पनि यसको स्वीकार गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !