८ पुस २०८१, सोमबार

पृथकतावादी क्याटालान नेता जर्मनीमा पक्राउ


Karlos

एजेन्सी, १२ चैत । स्पेनको स्वायत्त क्षेत्र क्याटालोनियाका पृथकतावादी नेता कार्लस पुग्देमोन्टलाई जर्मनीबाट पक्राउ गरिएको छ ।

डेनमार्कबाट बेल्जियम हिँडेका पुग्देमोन्टलाई जर्मन प्रहरीले पक्राउ गरेको हो । राज्यद्रोहको आरोप खेपिरहेका पुग्देमोन्टमाथि स्पेन सरकारले पक्राउ पुर्जी जारी गरेको थियो । पुग्देमोन्टको सरकारले गएको वर्षको अक्टोबरमा जनमत सङ्ग्रहमार्फत क्याटालोनियालाई स्पेनबाट स्वतन्त्र गराउने निर्णय गरेपछि त्यसलाई केन्द्र सरकारले अस्वीकार गरिदिएको थियो ।

केन्द्र सरकारले राज्यद्रोही घोषित गरेपछि पुग्देमोन्ट स्वनिर्वासनमा बेल्जियम पुगेका थिए । स्पेनमा पुग्देमोन्टसहित २५ जना पृथकतावादी नेताहरुमाथि राजद्रोहको अभियोग लागेको छ ।

यो अभियोग पुष्टि भएमा उनीहरुमाथि ३० वर्ष लामो जेल सजाय हुनसक्ने बीबीसीले जनाएको छ । यसअघि शनिबार स्पेनको सर्वोच्च अदालतले यस मुद्दामा मुछिएका पाँच जना नेतालाई जमानतमा छाड्न नमिल्ने गरि हिरासतमा राख्न आदेश दिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !