७ बैशाख २०८१, शुक्रबार

अष्ट्रेलियाको मेलबर्न शहरमा लकडाउन हटाइँदै


लकडाउन

मेलबर्न । सरकारी लक्ष्यअनुुसारको खोप कार्यक्रम अन्तर्गतको रोडम्यप पूरा भएमा अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा अक्टोबरको अन्त्यमा कोरोना भाइरसको कारण भएको लकडाउनको अन्त्य हुने बताइएको छ ।

मेलबर्न शहरमा करिब ५० लाख मानिस गत अगस्ट ५ देखि घरमै बस्न आदेश दिइएको थियो । कोरोना महामारीको क्रममा मेलबर्न शहरमा यो छैठौँ पटकको लकडाउन हो ।

मेलबर्न पनि सामेल रहेको भिक्टोरिया राज्यका अधिकारी लकडाउन हटाइने घोषणा गरेका जनाइएको छ ।

लकडाउन समाप्त हुनेछ अत्यावश्क कामका लागी तपाइँको घर छोड्न पाउने र कर्फ्यू अब रहने छैन, केही प्रतिबन्ध भने बाँकी रहने छ, मेलबर्नका एक स्वास्थ्य अधिकारीले बताएका छन् ।

“लकडाउन समाप्त हुने र सीमित कारणका लागि घर छोड्नुपर्ने र कर्फ्यूको अवस्था अब नरहने पनि ती अधिकारीले जनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !