८ पुस २०८१, सोमबार

रुसको व्यापारिक केन्द्रमा आगो लाग्दा ३७ जनाको मृत्यु, कयौं बेपत्ता


Russia Fire Accident

एजेन्सी, १२ चैत ।  रुसको व्यापारिक केन्द्रमा आगो लाग्दा ३७ जनाको ज्यान गएको पुष्टि भएको छ । ४१ बालबालिकासहित ६४ जना हराइरहेका छन् । व्यापारिक केन्द्र रहेको भवनको एक भाग नै भत्किएको छ ।

रुसी सञ्चार माध्यमका अनुसार भवनको माथिल्लो तलामा आगो लागेको होे । पीडितको उद्दारका लागि ६ सय ६० भन्दा बढी उद्दारकर्मी परिचालन गरिएको छ । आगो लाग्नुको कारण अहिलेसम्म खुलेको छैन ।

सन् २०१३ मा खुलेको यो केन्द्रमा रेष्टुराँ, चिडियाघर, सिनेमाघरलगायत छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !