२० पुस २०८१, शनिबार

अफगानिस्तानसम्वन्धी विवाद कारण नेदरल्याण्डका रक्षा मन्त्रीद्वारा राजीनामा


नेदरल्याण्ड

द हेग । नेदरल्याण्डका रक्षामन्त्री याङ्क बिलेभेल्डले शुक्रबार मन्त्री पदबाट राजीनामा दिनुभएको छ ।

अफगानिस्तानमा उत्पन्न संकटबारेमा गर्ने व्यवहारका सम्वन्धमा भएको विवादका कारण उहाँले राजीनामा दिनु परेको हो ।

उहाँले राजीनामा दिएपछि खाली भएको रक्षा मन्त्रालयको जिम्मेवारी विदेश मन्त्रीलाई दिइएको छ ।

विवाद भएपनि रक्षा मन्त्री बिलेभेल्डले राजीनामा दिन अस्वीकार गर्दै आउनु भएको थियो । तर संसदले समेत उहाँको आलोचना गर्दै औपचारिक रूपमै राजीनामाका लागि दवाव दिएपछि उहाँ राजीनामा दिन बाध्य हुनुभएको हो ।

“मैले मेरो पार्टी र प्रधानमन्त्रीलाई मैले राजीनामा दिएको बारेमा जानकारी गराएको छु, राजीनामा स्वीकृत गरिदिनुहुनु राजालाई अनुरोध गरेको छु,” बिलेभेल्डले भन्नुभयो ।

अफगानिस्तानबाट विस्थापित भएका व्यक्तिहरूलाई व्यवस्थापन गर्ने बारेमा विवाद भएकाले आफुले राजीनामा दिनु परेको र आफ्नो मतप्रति आफु अझै पनि अडिग नै रहेको उहाँले जानकारी दिनुभयो ।

यसअघि यही विषयमा भएको विवादका कारण विदेशमन्त्री सिग्रिड काङले पनि बिहीबार राजीनामा दिनुभएको थियो । उहाँलाई पनि राजीनामा दिन संसदले आदेश दिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !