८ पुस २०८१, सोमबार

पेरुका पूर्वराष्ट्रपति कुजिंस्कीलाई देश छोड्न बन्देज


pedro pable kurjiski

एजेन्सी, ११ चैत । पेरुको न्यायिक निकायका अधिकारीहरूले पूर्व राष्ट्रपति पेड्रो पाब्लो कुजिंस्कीलाई कम्तीमा पनि १८ महिना सम्मका लागि देश छोड्न प्रतिबन्ध लगाएका छन् ।

भ्रष्टाचारको अभियोग लागेका पूर्व राष्ट्रपति पेड्रोलाई अनुसन्धनका लागि देश छोड्न प्रतिबन्ध लगाइएको एकजना न्यायाधीश जोन कार्लोस सान्चेजले शनिबार जानकारी दिए ।

उनलाई ब्राजिलको एक निर्माण कम्पनी ओडेब्रेचसँग घुस लिएको र अनियमितता गरेको आरोप लगाई अनुसन्धान भइरहेको छ ।

पूर्व राष्ट्रपति पेड्रोलाई लिमामा रहेको उनको निवासस्थल र देशको ग्रामीण क्षेत्रमा पर्ने सिएनेगुल्लामा नै बस्न दिइने भएको छ । शनिबार पनि उनलाई त्यहीँ राखेर अनुसन्धान गरिएको छ ।

पेरुको संसदमा बुधबारका लागि तय गरिएको उनी विरुद्धको महाभियोगसम्बन्धी दोस्रो चरणको मतदान कार्य सुरु हुनुअघि ७९ वर्षीय पेड्रोले पदवाट राजिनामा दिएका थिए ।

उनलाई नैतिक रुपमा अयोग्य ठहरगर्दै संसदले बुधबार महाभियोग प्रस्तावमा मतदान गर्ने तयारी गरिरहेको थियो । त्यस अगावै उनले पदवाट राजीनामा दिएका हुन् ।

आफू विरुद्ध गरिएको खानतलासीको विरुद्धमा प्रतिक्रिया दिँदै उनले ट्वीटरमा लेख्नु भएको छ, “देशको प्रतिष्ठामा नै आँच आउनेगरी भइरहेका कामकारबाही तत्काल रोक्न म सरकारलाई आग्रह गर्दछु र सञ्चारमाध्यमहरुलाई पनि मेरो यही आग्रह छ ।”

उनले आफू डराउनुपर्ने कुनै कारण नरहेको बताउदै भनेका छन्– म डराउनुपर्ने केही कारण छैन र अनुसन्धान अधिकारीहरुलाई मैले सहयोग गर्नेछु ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !