७ पुस २०८१, आइतबार

कोरोना भाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ लाख ६७ हजार नाघ्यो


नेपाल कोरोना मृत्यु

बेइजिङ । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ लाख ६७ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४१ लाख ६७ हजार ९०२ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १९ करोड ४७ लाख ५१ हजार ४१४ जना रहेका छन । विश्वभर तीन अर्ब ८८ करोड ७९ लाख ७३ हजार ५८४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

सो विश्वविद्यालयले जुलाई २७ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

देश सङ्क्रमितको संख्या कूल मृत्यु

संयुक्त राज्य अमेरिका तीन करोड ४५ लाख ३३ हजार १८७ छ लाख १० हजार ९५२
भारत तीन करोड १४ लाख ४० हजार ९५१ चार लाख २१ हजार ३८२
ब्राजिल एक करोड ९७ लाख ७ हजार ६६२ पाँच लाख ५० हजार ५०२
रुस ६० लाख ७१ हजार ८९३ एक लाख ५२ हजार ६९
फ्रान्स ६० लाख ६१ हजार ८०४ एक लाख ११ हजार ८५१
बेलायत ५७ लाख ४८ हजार ३३१ एक लाख २९ हजार ४६०
टर्की ५६ लाख १८ हजार ४१७ ५० हजार ९९७
अर्जेटिना ४८ लाख ५९ हजार १७० एक लाख ४ हजार १०५
कोलम्बिया ४७ लाख ३६ हजार ३४९ एक लाख १९ हजार १८२
स्पेन ४३ लाख ४२ हजार ५४ ८१ हजार २६८
जर्मनी ३७ लाख ६४ हजार ४४१ ९१ हजार ५७३
इरान ३७ लाख २३ हजार २४६ ८९ हजार १२२
इन्डोनेसिया ३१ लाख ९४ हजार ७३३ ८४ हजार ७६६
पोल्याण्ड २८ लाख ८२ हजार २२० ७५ हजार २४२
मेक्सिका २७ लाख ५४ हजार ५३८ दुई लाख ३८ हजार ५९५
दक्षिण अफ्रिका २३ लाख ८३ हजार ४९० ७० हजार १८
युक्रेन २३ लाख २७ हजार २३१ ५५ हजार ४०८
पेरु २१ लाख ४ हजार ३९४ एक लाख ९५ हजार ८९०
नेड्रल्याण्ड १८ लाख ७६ हजार ४९३ १८ हजार ८७


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !