१५ आश्विन २०८१, मंगलबार

बैज्ञानिक स्टफेन हकिङ्गको निधन


Stefen

एजेन्सी, ३० फागुन । विश्वका चर्चित बैज्ञानिक स्टफेन हकिङ्गको ७६ वर्षको उमेरमा निधन भएको छ । उनी २१ वर्षदेखि नै मोटर न्यरोन नामक रोगको बिरामी थिए ।

दुर्लभ रोग मोटर न्यरोनको उपचार गरेपछि चिकित्सकले केही वर्ष मात्र बाँच्छ भनेका थिए । त्यसपछि उनी व्हीलचियरको सहारा लिन बाध्य भए र उनको ‘भ्वाइस सिन्थोसाइजर’ सहाराले मात्र बोल्थे ।

उनलाई स्टफेन हकिङ्ग न्युटनपछिका ठूलो बैज्ञानिक मानिन्छन् । ब्याक होल पत्ता लगाएका उनलाई खगोलशास्त्रका चर्चित बैज्ञानिक मानिन्छ ।

अमेरिकाले सबैभन्दा उच्च नागरिक सम्मान उनलाई दिएको छ । ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ किताब चर्चित, जुन सर्वाधिक बिक्री भएको पुस्तक मानिन्छ ।

उनको जन्म बेलायतमा ८ जनवरी १९४२ मा भएको थियो । सधैं व्हील चियरमा रहने उनले शारीरिक असक्षमताका बाबजुद मानिसले केसम्म गर्न सक्छ भन्ने मानक बनाएका छन् ।

सन् २०१४ मा हकिन्स पहिलोपटक फेसबुकमा छाए । फेसबुकको पहिलो पोस्टमा उनले लेखेका थिए ‘म हमेसा सृष्टिको रचनामाथी केन्द्रित छु । समय एवं अन्तरिक्ष हमेसाका लागि रहस्य बन्न सक्छ । यसमा मेरो कोसिस रोकिन्न ।’

हकिङ्गले पारवाणिक युद्धको जोखिम र विश्वव्यापी जलवायु परिवर्तनले पृथ्वीको आयुमा चुनौति थपिरहेको पटक-पटक बताउने गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !