८ पुस २०८१, सोमबार

बंगलादेशका नागरिक उड्डयन मन्त्रीसहितको टोली काठमाण्डौमा


A.K.M Shajahan Kamal

२९ फागुन, काठमाण्डौ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो भएको यूएस बंगला विमान दुर्घटनाको बारेमा जानकारी लिन बंगलादेशको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल काठमाण्डौ आइपुगेको छ ।

बंगलादेशका नागरिक उड्डयन मन्त्री एकेएम शाहजान कमल, परराष्ट्र राज्यमन्त्री शाहरिर अलाम तथा नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीसहितको टोली नेपाल आएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिनुभयो ।

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार बंगलादेशबाट आउने टोलीमा दुर्घटनामा परेका परिवारका आफन्तसमेत छन् ।

दुर्घटनामा चालक दलका सदस्यसहित ५१ जनाको ज्यान गएको गृह मन्त्रालयले पुष्टि गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !