३ मंसिर २०८१, सोमबार

चीनको क्विचोमा चियाको निर्यात वृद्धि


gren tea

क्विहाङ, चीन । चीनको दक्षिणमा रहेको क्विचो प्रान्तमा यो बर्षको पहिलो पाँच महिनामा चिया निर्यात १५.२ प्रतिशतले बढेको क्षेत्रीय भन्सार कार्यालयले जनाएको छ ।

प्रान्तीय राजधानी क्विहाङस्थित भन्सार कार्यालयका अनुसार यस बर्षको जनवरीदेखि मेसम्ममा क्विचोबाट दुई करोड ९० लाख ३६ हजार अमेरिकी डलर बराबरको चिया निर्यात भएको छ ।

क्विझौ कम अक्षांश, उच्च भूभागमा हुने धुपीको जङ्गल रहने र चीसो र कुहिरो लागिरहने चीनको एक गरिब तथा पहाडी प्रान्त हो । यस प्रान्तका विभिन्न ४३ प्रान्तमा व्यवसायीक चिया खेती स्थानीय कृषक तथा उद्योगीका लागी वरदान् सावित हुन थालेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !