१३ आश्विन २०८१, आइतबार

च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा म्यानचेस्टर सिटी प्रवेश


Manchester-City

एजेन्सी, २४ फागुन । म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको प्रि–क्वार्टर फाइनलको दोस्रो लेगमा सिटी बसेलसँग पराजित भएपनि समग्रमा ४–३ गोलले अगाडि रहँदै अन्तिम ८ मा स्थान बनायो । घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीले पहिलो लेगमा बनाएको चार गोलको अग्रता नै उसलाई क्वार्टरफाइनलमा पुर्याउन महत्वपुर्ण बन्यो ।

दोस्रो लेगमा भने सिटी बसेलसँग दुई एकले पराजित भयो । सिटीले घरेलु मैदानमा २०१६ पछि पहिलो पटक हार ब्यहोर्न बाध्य भयो । अधिकांश मुख्य खेलाडीलाई बेन्चमा राखेको सिटीले एक गोलको अग्रता जोगाउन सकेन ।

खेलको आठौ मिनेटमा नै गाब्रियल जिससको गोल मार्फत सिटीले खेलमा अग्रता बनाएको थियो । तर १७ औ मिनेटमा मोहम्मेद लियुनुसीले गोल गर्दै खेल बराबरीमा पुर्याए । त्यसपछि ७१ औ मिनेटमा मिचेल लाङले पाहुना टिम बसेलका लागि दोस्रो गोल गर्दै टिमलाई जित दिलाएपनि क्वाटरफाइनलमा पुग्न प्रयाप्त बनेन ।

सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको दोस्रो पटक हो । यसअघि सिटी अघिल्लो सिजन पहिलो पटक नकआउट चरणमा पुगेको थियो ।

सिटीले च्याम्पियन्स लिगको दोस्रो लेगमा अहिलेसम्म जित निकाल्न सकेको थिएन । जुन गएराति पनि जारी रह्यो । उसले खेलको पाँच वटा खेलमा चारमा हार र एक खेल बराबरी खेलेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !