२२ भाद्र २०८१, शनिबार

बन्दुकधारीहरुको आक्रमणबाट ८८ जनाको मृत्यु


मृत्यु

लेगोस । बन्दुकधारीहरुको आक्रमणमा परी नाइजेरियामा कम्तीमा ८८ जनाको मृत्यु भएको छ ।

देशको उत्तर पश्चिमी क्षेत्रमा पर्ने केब्बी राज्यमा भएको घटनामा परी अरु कैयौँ घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् ।

डाको–वासागु क्षेत्रमा विभिन्न आठ समुदायका उच्छृङ्खल समूहहरुबीच भिडन्त भएको प्रहरीको भनाई छ ।
घटनास्थलबाट प्रहरीले सुरुमा ६६ ओटा शव निकालेको बताएको थियो । तर पछि ८८ शव निकालिएको स्थानीय प्रहरी प्रवक्ता नाफिउ अबुबाकरले जानकारी दिनुभयो ।

थप घटना हुन नदिनका लागि सुरक्षा फौजले सुरक्षा सतर्कता बढाएको छ भने स्थानीय बासिन्दा त्रसित अवस्थामा रहेका छन् ।

यसअघि गत अप्रिलमा पनि सोही ठाउँमा नौ प्रहरी र दुई जना नागरिक पनि आक्रमणमा परी मारिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !