१२ आश्विन २०८१, शनिबार

भारतमा ट्रक दुर्घटना हुँदा २५ को मृत्यु ५० घाइते


ACCIDEND

एजेन्सी, २२ फागुन । भारतको गुजरातमा मंगलबार भएको ट्रक दुर्घटनामा २५ जनाको मृत्यु भएको छ । गुजरातको राजकोट राजमार्गमा पर्ने रंधोला गाउँ नजिकै ट्रक दुर्घटनामा ५० घाइते भएको अन्तर्राष्ट्रिय समाचारसंस्था बीबीसीले उल्लेख गरेको छ ।

गुजरातको भावनगरका कलेक्टर हर्षद पटेलले २५ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुको गुजरातको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !