२१ कार्तिक २०८१, बुधबार

श्रीदेवीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने


Funeral

१६ फाल्गुन, एजेन्सी । गत शनिबार दुबईमा निधन भएकी भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको अन्तिम संस्कार बुधबार भारतीय सहर मुम्बईमा गरिँदै छ ।

उनको पार्थिक शरीरलाई मुम्बई ल्याएपछि भारतीय सिनेजगतका वरिष्ठ कलाकारहरुलगायत उनका शुभचिन्तकहरु श्रद्धाञ्जलिको लागि शव राखिएको स्थानमा पुगेका थिए ।


यस क्रममा उनका शव राखिएको स्थानमा सुवाइ घाई, रेखा, विद्याबालन, तब्बु, अजय देवगण, काजोल, जया बच्चन, ऐश्वर्या राय, करण जोहर, सरोज खान, र उनका श्रीमान, सुष्मिता सेन, जयाप्रदा, फराह खान, महिमा चौधरी, अक्षय खन्ना, पे्रम चोपडा, आफ्नी छोरी इशा देओलका साथमा अभिनेत्री हेमा मालिनी त्यहाँ पुगेका थिए ।

राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गरिने भारत सरकारले जनाएको छ । उनी भारतको चाैथाे उच्च पदक मानिने पद्मश्री प्राप्त अभिनेत्री हुन् ।

तस्बिर स्राेत : हिन्दुस्तान टाइम्स


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !