७ जेष्ठ २०८१, सोमबार

बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन


Shree-Devi ????????????????????????????????????

१३ फागुन, काठमाण्डौ । हृदयाघातका कारण बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको गएराति दुबईमा निधन भएको छ । फिल्म इन्डस्ट्री भित्रका र त्यस बाहिरका धेरै व्यक्तिहरुले श्रीदेवीको निधनमा शोक व्यक्त गरेका छन् ।

श्रीदेवीको जन्म १३ अगस्ट १९६३ मा तमिलनाडुमा भएको थियो । उनले आफ्नो पहिलो करियरको शुरुआत केबल चार वर्षको उमेरदेखि नै गरेकी थिइन् । उनी चार वर्षको छँदै तमिल फिल्म ‘कन्धन करुणई’मा अभिनय गरेकी थिइन् ।

बालकलाकारको रूपमा उनले तेलुगु, मलयालम, कन्नड फिल्ममा समेत काम गरिन् । सन् १९७५ मा हिन्दी फिल्म जुलीमा पनि बाल कलाकारका रूपमा काम गरेकी थिइन् । दक्षिण भारतीय फिल्ममा काम गरेपछि उनले सन् १९७९ मा बलिउडमा हिरोइनका रूपमा ‘डेब्यु’ गरिन्, फिल्म ‘सोलहवां साल’ वाट यो फिल्ममा उनी ‘लिड’ रोलमा थिइन् ।

रूप, अभिनय क्षमता र नृत्यका कारण बलिउडमा सन् ८० लाई उनको दशक पनि भनिएको छ । हिम्मतवाला, तोहफा, मिस्टर इण्डिया, नगिना, सदमा, चाँदनी, खुदा गवाह, लम्हे र चालबाजजस्ता थुप्रै सुपरहिट फिल्म दिइन् । उनले बलिउडका महानायक अमिताभ बच्चनदेखि शाहरुख खानसम्मसँग काम गरिन् । उनको जोडीचाहिँ जीतेन्द्रसँग जमेको थियो ।

जीतेन्द्र र श्रीदेवीले हिम्मतवाला, तोहफ़ा, जस्टिस चौधरी र मवालीजस्ता सुपरहिट फिल्ममा सँगै काम गरे । अनिल कपुरसँग पनि उनले थुप्रै फिल्ममा काम गरिन् । कपुरसँगको मिस्टर इण्डिया, लाडला, जुदाइजस्ता फिल्म चर्चित रहे । राजेश खन्ना, ऋषि कपुर, विनोद खन्ना, ज्याकी श्राफ, सञ्जय दत्त, कमल हासन र मिथुन चक्रवर्तीलगायत थुप्रै अभिनेतासँग ‘अनस्क्रिन रोमान्स’ गरिन् । मिथुनसँगको अफेयर रोमान्स ‘अनस्क्रिन’ मात्र सिमित भएन। भनिन्छ उनीहरूले गुपचुप विवाह पनि गरेका थिए ।

साल २०१७ मा फिल्म ‘मॉम’ रिलीज़ भएको थियो । यो उनको ३००औं फिल्म थियो भने अभिनययात्राको ५० वर्ष । फिल्मीक्षेत्रमा दिएको योगदानको कदर गर्दै भारत सरकारले उनलाई पद्मश्री सम्मान दिएको थियो ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !